जोनी डेपले बनाएको पेन्टिङ ३० लाख पाउण्डमा बिक्री

जोनी डेपले बनाएको पेन्टिङ ३० लाख पाउण्डमा बिक्री


पूर्व पत्नी एम्बर हर्डसँगको विवाद र मानहानिको मुद्दाका कारण संसार भर लोकप्रिय भएका जोनी डेप पुन चर्चामा आएका छन् । 

जोनी डेप एक उत्कृष्ट अभिनेता हुनुका साथै राम्रो गायक र कला क्षेत्रमा पनि रुचि राख्ने व्यक्ति हुन् । हालै उनले हलिउड रक आइकनलाई समावेस गरेर बनाएको एक पेन्टिङ फाइन आर्ट कम्पनी क्यासल ग्यालरीसँगको सहकार्यमा ३० लाख पाउण्मा बेचेका छन् । जोनी डेपका यी चित्रहरूमा बब डिलन, स्वर्गीय अभिनेत्री एलिजाबेथ टेलर, अल पचिनो र किथ रिचर्ड्स जस्ता कलाकारहरू छन् ।

क्यासल ग्यालरीले जोनीले बनाएका पेन्टिङहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेको छ, “रोमाञ्चक नयाँ संग्रह, ‘फ्रेन्ड्स एन्ड हिरोज’ । यो तस्विर उनीहरुलाई सर्मपित छ, जो उहाँहरुको फ्यान अथवा उहाँहरुलाई राम्ररी चिन्नुहुन्छ ।  जोनी डेपले क्यासल ग्यालेरीमा आफुले बनाएको पेन्टिङ बेच्ने कुरा सामाजिक सञ्जालमा पोष्ट गर्नासाथ क्यासल ग्यालेरीको पेज क्र्यास भएको थियो ।   
 

Logo