ईनारमा एक जनाको शव फेला

ईनारमा एक जनाको शव फेला


उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव ईनारभित्र फेला परेको छ ।

कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव ईनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले ईनारमा शव  देखेपछि प्रहरीलाई खवर गरेका थियो । घटनास्थल पुगेर शव  निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको  ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी  मानबहादुर राईले  राईले बताए ।

घटनाका विषयमा थप अनुसन्धान भई रहेको पनि उनले जानकारी दिए । ‘ कसरी घटना भयो अनुसन्धान गरिरहेका छौं ’, डिएसपी राईले भने । घटना लगत्तै शसस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका  प्रहरीको टोलीले शव ईनारबाट निकालेको थियो ।

Logo