१२ असोज २०७९ बुधबार
1
1
1
1

सत्यराज आचार्यको ‘राजकुमार’ बजारमा

1
1
1
1

पदम लोहारको प्रस्तुतीमा‘राजकुमार’ बोलको गीत सार्वजनिक भएको छ । पदमकै लेखन र सत्य-स्वरूपको सङ्गीत रहेको यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज दिएका छन् । 

यस गीतलाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका हुन् । यसको रेकर्डिङ्ग राजेश श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग र मास्टरिङ्ग किशोर थापाले गरेका छन् । वेस्टर्न कलरमा आधारित स्लो रक प्याटर्नको गीतलाई म्यूजिक भिडियोसहित तयार पारिएको छ । जसलाई तोसित घतानीले निर्देशन गरेका हुन् । 

भिडियोमा स्वयं सत्यराज आचार्य र अभिनेत्री रिमा मिधुन मगर र सृजन भट्टराईले अभिनय गरेका छन् । रन्जन महतको छायाङ्कन अनि निर्देशक तोसितकै सम्पादन रहेको भिडियोको रङ्ग संयोजन विप्लव गौलीले गरेका छन् । भिडियोलाई सत्यञ्स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

संगीत रंगिन संसार

प्रकाशित: १० भदौ २०७९ १६:३७ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी