कार्तिकेय ३ चाडैं आउने

कार्तिकेय ३ चाडैं आउने


तेलुगु अभिनेता निखिल सिद्धार्थ यतिबेला आफ्नो फिल्म ‘कार्तिकेय २’ लाई लिएर निकै चर्चामा छन् । 

यो चलचित्रलाई देशभर निकै रुचाइएको छ । तेलुगुका साथसाथै हिन्दी भाषाका दर्शकले पनि यो फिल्म निकै रुचाइरहेका छन् । कम बजेटमा बनेको यो चलचित्रले छोटो समयमा नै दोब्बर कमाई गरिसकेको छ । योसँगै फिल्म बक्स अफिसमा हिट साबित भएको छ । यस्तो अवस्थामा फिल्मको सफलतापछि निर्माताले यसको तेस्रो भाग पनि रिलिज गर्ने तयारी गरेका छन् ।

यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेका कारण अभिनेता निखिल सिद्धार्थका अनुसार यो फ्रेन्चाइजीका थप सिक्बेल आउने छन । एक अन्तर्वार्तामा यसबारे कुरा गर्दै निखिलले फिल्मको तेस्रो भागको बारेमा कुरा गर्दै आफू फिल्मको अन्य भाग लिएर आउने बताए । ‘कार्तिकेय ३’ बारे सोधिएको प्रश्नको जवाफ दिँदै अभिनेताले भने, ‘हामीसँग कार्तिकजस्ता धेरै चरित्रहरु छन् जो रोमाञ्चक र रहस्यमय कुराहरु पत्ता लगाउन र साहसिक कार्य गर्न तयार छन् । उनका अनुसार हाम्रा संस्कृती र सम्पदाका बारेमा धेरै अनकही कथाहरू छन् । जसलाई हामी कार्तिकेयको धेरै रोमाञ्चक किस्साहरू सहित जनतासामु ल्याउने छौं । 

अगस्ट १३ का दिन रिलिज भएको फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्म रिलिज भएको दुई साता पूरा भएको छ । दुई साताको कमाईलाई समावेश गर्ने हो भने फिल्मले हालसम्म ६१ करोड ५१ लाखको व्यापार गरेको छ । ‘कार्तिकेय २’ मा निखिल सिद्धार्थ र अनुपमा परमेश्वरन बाहेक अनुपम खेर पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् । चन्दु मोन्डेटीले निर्देशन गरेको यो फिल्म २०१४ मा रिलिज भएको फिल्म ‘कार्तिकेय’ को दोस्रो भाग हो । रिपोर्टका अनुसार फिल्मको बजेट ३० करोड रहेको छ ।  

Logo