दश वर्षपछि रंगशालामा कन्सर्ट हुँदै (फोटो फिचर)

दश वर्षपछि रंगशालामा कन्सर्ट हुँदै (फोटो फिचर)


नजिकिरहेको नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी काठमाडौंस्थित दशरथ रंगशालामा सांगीतिक महोत्सव हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक समुहले यही असोज १५ गते शनिबारका दिन दशरथ रंगशालामा ‘दशैं फेस्ट, नेपालको म्युजिक फेस्टिभल’ हुने जानकारी दिएको हो । सांगीतिक महोत्सवमा नेपालका १० जना भन्दा बढी चर्चित कलाकारहरुले आफ्नो स्वरमा २० हजार भन्दा बढी दर्शक अघि रंगशाला नै गुञ्जायमान बनाउने आयोजक बताउँछन् । 

महोत्सवमा दी एज ब्यान्ड, नितेश जंग कुवर, बर्तिका राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, शुवानी मोत्तान, दी इलिमेन्टस ब्यान्ड लगायतका चर्चित कलाकार तथा ब्यान्डले आफ्नो प्रस्तुती दिनेछन् । 

उक्त साङ्गीतिक कार्यक्रमले युवा वर्गमा दसैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको पार्टी नेपालका श्री गुरुङले बताएका छन् ।

पत्रकार सम्मेलनमा नितेशजंङ कुँवरले यस कार्यक्रममार्फत् तीन वर्षपछि स्टेजमा चढ्न पाउँदा आफू असाध्यै खुसी भएको बताएका छन् । 

साथै यस दसैँ महोत्सवको टिकटक प्रतिस्पर्धासमेत राखिएको छ । प्रतिस्पर्धा जित्ने १० विजेतालाई पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिनेछ ।

कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेन्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो । उक्त कन्सर्टको टिकटको मूल्य १ हजार देखि पाँच हजारसम्मको हुने जानकारी दिइएको छ ।

                                                   सौजन्यः राजेश राई

सौजन्यः राजेश राई

Logo