‘प्रेमगीत ३’ को हिन्दी संस्करण नेपालमा पनि रिलिज हुने

‘प्रेमगीत ३’ को हिन्दी संस्करण नेपालमा पनि रिलिज हुने


निर्माता सन्तोष सेनको ‘प्रेमगीत ३’ हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ ।

नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि नेपाली सिने हलमा लाग्ने भएको हो । अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको प्रतिक्रिया दिएका थिए । हिन्दी टिजरलाई दर्शकले रुचाएसँगै हिन्दी र नेपाली संस्करण नेपालमा एकसाथ प्रदर्शन हुने भएको हो । भारतमा पनि यो फिल्म हिन्दी संस्करणमा सोही दिन प्रदर्शन हुनेछ ।

फेसबुकमा लेख्दै निर्दैशक सेन भन्छन् । ‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं,’ सेनले भने, ‘टिजर, गीत र ट्रेलरबाट दर्शकले देखाउनुभएको मायालाई ख्यालमा राखेका छौं ।’

यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योल थियो । भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई रोक्ने खोजको हल्ला पनि चलेको थियो, जसलाई चलचित्र विकास बोर्डले प्रष्टीकरण पनि दिइसकेको छ ।

Logo