यी १० उत्कृष्ट कोरियन वेब सिरिज हेरी दसैं बिदालाई स्मरणीय बनाउनुहोस

यी १० उत्कृष्ट कोरियन वेब सिरिज हेरी दसैं बिदालाई स्मरणीय बनाउनुहोस


कोरियन फिल्म, के ड्रामा र वेब सिरिजका बारेमा पक्कै सुन्नु वा हेर्नु भएको होला। 

आजको समयमा कोरियन फिल्म र वेव सिरिज संसारभर निकै मन पराएर हेरिन्छ । विशेष गरी फिल्र्म ट्रेन टु वुसान’ र ‘स्क्विड गेम’ वेव सिरिजपछि कोरियन फिल्म, के ड्रामा र वेब सिरिजप्रति संसारको ध्यान गएको थियो । यसैलाई मध्ये नजर गरी ओटिटि प्लेटफर्महरुले संसारभरका फिल्म र वेब सिरिजहरूलाई एउटै प्लेटफर्ममा उपलब्ध गराउदै आएको छ । 

भाषा हामी सबै नेपालीहरुको कमन समस्या हामी सानो छदा देखि अंग्रेजी पढ्दै सिक्दै आउदा त हामी राम्रोसँगले अंग्रेजी पनि जानेका हुदैनँ । यसै तर हामी नेपाली र हिन्दी भाषा चै निकै राम्रोसँगले बोल्ने र बुझने गछौं । सायद छिमेकी देश र हिन्दी फिल्मको प्रभाव हुनु पर्छ यसका लागि नत्र भने हामी हिन्दी भाषा सहजै बोल्ने र बुझने हुदैन थियो होला । 

यहि कुरालाई मध्ये नजर गर्दै आज मैले हिन्दी भाषामा डब १० कोरियन वेव सिरिजका बारेमा भन्न गइरहेको छु । जुन वास्तवमै राम्रो वेव सिरिजका रुपमा संसारले मान्दै आएको छ । 

 

स्क्विड गेम 

नेट फ्क्सिको निकै चर्चित वेब सिरिज ‘स्क्विड गेम’ हेर्न नछुटाउनुहोस् किनकी यहि सिरिज थियो जसले के ड्रामालाई विश्व समुदायमा पुर्याएको थियो । यो कोरियर ड्रामा सिरिजको अर्को भाग पनि चाँडै नेटफ्क्सिमा आउँदैछ । स्क्विड गेम सिजन २ को अनुमानित सन् २०२४ सम्म आउने अनुमान गरिएको छ। 

फ्लावर अफ इभिल
‘फ्लावर अफ इभिल’को कथा एक प्रहरी अफिसरको वरिपरि घुमेको छ । सिरिजमा हत्या र अनुसन्धानले गर्दा सिरिजमा विभिन्न टिविस्ट र टर्नहरु लिन्छ जसले सिरिजमा कथाले फरक मोड लिन्छ । सस्पन्स र टिविस्टका कारण यो सिरिज हेर्न भिन्न मजा आउछ । फ्लावर अफ एभिलमा बेक ही–सुङ (ली जुन–गी) र चा जी–वोन (मून चाइ–वोन) को सम्बन्धका बारेमा वर्णन गरिएको छ । जसले आफ्नी छोरीसँग मिलेर एक राम्रो परिवार बनाएर राखेको छ । 

द साइलेन्ट सी
‘द साइलेन्ट सी’ सिरिज चोई होङ योङले निर्देशन गरेका हुन् । यो सिरिज पनि नेटफ्क्सिमा उपलब्ध छ । सिरिजको कथा पात्रहरु एउटा मिशनमा निस्कने टोलीको हो । यो सिरिज निकै लामो र रोचक भएकाले यो सिरिज हेर्नका लागि तपाईहरुले हप्ता दिन जति यो सिरिजका लागि छुट्याउन सक्नुहुन्छ । द साइलेन्ट सी सिरिजमा विज्ञान, थ्रिलर र रहस्य जस्ता विधाहरूको मिश्रण पाइन्छ । 

गार्जियन
गार्जियनः द लोन्ली एन्ड ग्रेट गड सिरिज नेटफ्क्सिमा उपलब्ध छ । आइएमडिपीमा यो सिरिजको रेटिङ ८.६ छ । यो वेव सिरिजमा गोंग यु मुख्य भुमिकामा देखिएका छन् । यो वेव सिरिजमा किम शिनले एक शक्तिशाली युद्ध लडेपछि सम्मानको सट्टा मृत्युको सामना गर्नुपरेको कथा छ । यो वेव सिरिजमा भगवानले किम शिनलाई गब्लिनमा परिणत गर्छन । 

क्र्यास ल्यान्डिङ अन यु
‘क्र्यास ल्यान्डिङ अन यु’ सन् २०१९ मा रिलिज भएको वेव सिरिज हो । नेटफ्लिक्समा उपलब्ध यस वेव सिरिज रोमान्टिक कमेडीमा आधारित छ । यो वेव सिरिजमा दक्षिण कोरियाकी एक धनी केटी उत्तर कोरियाली सैनिकसँग प्रेममा परेको देखाइएको छ । यहि विषयलाई आधारमानी यो वेव सिरिजको कथावस्तु अघि बढेको छ ।  

भिन्सेन्जो
‘भिन्सेन्जो’ सन् २०२१ मा आएको निकै प्रसिद्ध वेव सिरिज हो । यो वेव सिरिजमा गीत जोङकी मुख्य भूमिकामा छन् । यो ड्रामा पनि निकै लामो र रोचक भएकाले यो वेव सिरिज हेर्नका लागि तपाईहरुले कमसेकम एक हप्ताको समय छुट्याउनु पर्ने हुन्छ । 

अल अफ अस आर डेड
यदि तपाइँ जम्बी फिल्म हेर्न चाहनुहुन्छ भने ‘अल अफ अस आर डेड’ लाई नछुटाउनुहोस् । यो वेव सिरिजमा एउटा स्कूलको कथा भनिएको छ । जहाँ जम्बीको पहिलो भिक्टम पाइएको हुन्छ । यो वेव सिरिजमा स्कुले विद्यार्थीहरुले जम्बीबाट बच्नका लागि अप्नाएका बिभिन्न तरिका र कसरी जम्बी सबै शहरमा फैलियो भन्ने बारे बताएको छ । यो वेव सिरिजमा स्कुलका साथि र डुस्मनीका बारेमा पनि राम्रो जानकारी दिएको छ ।   

द किंग इटर्नल मोनार्क 
नेटफ्क्सिमा उपलब्ध यो अर्को रोमान्टिक कथावस्तुयुक्त वेव सिरिज हो । यो वेव सिरिजलाई तपाईले हिन्दी भाषामा हेर्न सक्नुहुन्छ । यो वेव सिरिजमा कोरियन सम्राट एक रहस्यमय पोर्टल र एक समानान्तर संसारमा गएको देखाइएको छ ।  जहाँ उनले एक पुलिस जासूसको सामना गर्नुपर्छ ।

 

पेन्टहाउस
नेटफ्क्सिमा उपलब्ध वेब सिरिज ‘पेन्टहाउस’ मा राज्य, सत्ता र पैसाको लडाइँको कथा देखाएको छ । यो वेव सिरिजमा पेन्टहाउसमा लुकेका धेरै रहस्यका बारेमा गरेको छ । पेन्टहाउस वेव सिरिजमा हेरा प्यालेस भित्र बस्ने धनी परिवार र चेओङ–आह आर्टस् स्कूलमा पढ्ने उनीहरूका छोराछोरीहरूको कथा देखाइएको छ ।

 

Logo