शुक्रबार अनु थिङसँग वैवाहिक जीवनमा बाँधिदै कलाकार बुद्धि तामाङ

शुक्रबार अनु थिङसँग वैवाहिक जीवनमा बाँधिदै कलाकार बुद्धि तामाङ


कलाकार  बुद्धि तामाङ शुक्रबार वैवाहिक जिवनमा बाँधिने भएका छन् । 

कलाकार तामाङले मकवानपुरकी अनु थिङसँग भोली शुक्रबार तामाङ परम्परा अनुसार विवाह गर्न लागेका हुन् । बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । विवाहमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

‘हैट’ थेगोको कारण चर्चित कलाकार बुद्धि विवाह बन्धनमा बाँधिने भएका हुन्। परिवारकै माध्यमबाट थिङसँग भेटेको बुद्धिले जानकारी दिए ।

साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट चम्किएका थिए ।उनले रंगमञ्चमा र चलचित्रमा एक दशक बढी समय विताएका छन् । 

Logo