कलाकार बुद्धि तामाङले आज लगनगाँठो कस्दै, यी हुन् युवती

कलाकार बुद्धि तामाङले आज लगनगाँठो कस्दै, यी हुन् युवती


कलाकार बुद्धि तामाङ आज वैवाहिक बन्धनमा बाधिँदै छन् । 

तामाङले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेको उनको पारिवारिक स्रोतले जनाएको छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् ।

स्रोतका बुद्धिसँग विवाह गर्न लागेकी युवती स्नातक अध्ययनरत छिन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले चर्चित छन् । साथै, उनको नयाँ चलचित्र ‘दुई नम्बरी’ असोज २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Logo