टीकाको दिन रिलिज हुन लागेको चिरन्जीवी र सलमानको फिल्म ‘गड फादर’ले अग्रिम बुकिङबाट २ करोड ४६ लाख कमायो

टीकाको दिन रिलिज हुन लागेको चिरन्जीवी र सलमानको फिल्म ‘गड फादर’ले अग्रिम बुकिङबाट २ करोड ४६ लाख कमायो


दशहरा अर्थात भोली बुधबार टिकाको दिन रिलिज हुन लागेको साउथ सुपरस्टार चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘गड फादर’को लागि अग्रिम बुकिङ भैरहेको छ । 

फिल्मले रिलिज अगावै बक्स अफिसमा अग्रिम बुकिङ कलेक्सन गरी करोडौं रुपैयाँ कमाइसकेको छ । यो फिल्म रिलिज हुन एक दिन मात्र बाँकी छ र फिल्मको फस्ट डे फर्स्ट शो हेर्न मानिसहरु निकै आतुर देखिन्छ । ५ अक्टोबर २०२२ मा ठूलो पर्दामा रिलिज हुने यस फिल्ममा बलिउड सुपरस्टार सलमान महत्वपुर्ण भूमिकामा देखिनेछन् ।

गड फादरको ओपनिङ दिनलाई लिएर साउथ फ्यानमा निकै उत्साह छाएको छ । फिल्मको पहिलो दिन राम्रो एडभान्स बुकिङ भईरहेको छ । स्याचिनिक.कम वेबसाइटद्वारा साझा गरिएको अग्रिम बुकिङ डेटा अनुसार, गर्ड फादरको ओपनिङ दिनको लागि लगभग १.१० लाख टिकटहरू बिक्री भइसकेका छन् । यसरी हेर्दा रिलिज हुनुअघि नै ‘गडफादर’ले एडभान्स बुकिङमार्फत २ करोड ४६ लाख रुपैयाँ कमाइसकेको छ ।

अग्रिम बुकिङमा हिन्दी भाषामा गड फादरको अग्रिम बुकिङ समावेश गरिएको छैन । किनभने फिल्मको हिन्दी भाषामा शोको लागि अग्रिम बुकिङ खोलिएको छैन । लामो समयदेखि चिरञ्जीवीका फ्यानले फिल्मबाट ठूलो आशा राखेका छन् किनभने यसअघि रिलिज भएका दुई फिल्मले खास केही गर्न सकेन । जहाँ फिल्मको अग्रिम बुकिङ सबैभन्दा बढी रेकर्ड भएको छ भने हैदराबाद र विशाखापट्टनम सहर शीर्ष स्थानमा छन् ।

दशैंको अवसरमा फ्यानहरूलाई मेगा स्टारको उपहार
चिरञ्जीवी र सलमानलाई यस फिल्ममासँगै देख्नु दर्शकका लागि कुनै ट्रीट भन्दा कम छैन । साउथ र बलिउड स्टारहरुको यो जुगलबन्दी दशहराको अवसरमा दर्शकका लागि विशेष उपहार साबित हुन सक्छ । सलमान खान तेलुगु फिल्ममा देखिने यो पहिलो पटक हो । साउथ सुपरस्टारसँग बलिउड सुपरस्टारको अनस्क्रिन एक्सन केमेस्ट्री कस्तो हुन्छ हेर्नु विशेष हुनेछ । गडफादर मलयालम फिल्म लुसिफरको रिमेक हो ।

Logo