प्रियंका चोपडाविरुद्ध लखनउमा प्रदर्शन

प्रियंका चोपडाविरुद्ध लखनउमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन भएको छ । अमेरिकाबाट तीन वर्षपछि भारत फर्किएकी उनी पछिल्लो दिनमा मुम्बईमा एक हेयर प्रोडक्टको प्रमोसन गरिरहेकी थिइन् । प्रमोसनपछि प्रियंका अमेरिका फर्किनेछिन् ।

प्रमोसनपछि हाल उनी युनिसेफको कार्यक्रमका लागि लखनउ पुगेकी छन् । ‘नवाबको सहर’ लखनउमा प्रियंका अलग–अलग स्थान पुगेर बच्चाहरूसँग भेटघाट गरिरहेकी छन् । तर, लखनउको गोमतीनगरमा प्रियंकाको पोस्टर टाँसिएका छन् । हरेक पोस्टरमा रातो रंगले क्रस गरिएको छ । ‘तिमीलाई नवाबको सहरमा स्वागत छैन’, पोस्टरमा लेखिएको छ ।

लखनउमा प्रियंकाको किन विरोध भइरहेको छ भन्ने विषयमा सबै अन्योलमा छन् । प्रहरीले पनि के कारणले विरोध भइरहेको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

Logo