आफ्नो बायोपिक चाहँदैनन् मिथुन

आफ्नो बायोपिक चाहँदैनन् मिथुन


अधिकांश दिग्गज कलाकारको चाहना आफ्नो बायोपिक बनोस् भन्ने हुन्छ । तर, यो मामलामा बलिउड अभिनेता मिथुन चक्रवर्ती फरक छन् । 
उनी आफ्नो बायोपिक कहिल्यै नबनोस् भन्ने चाहना राख्छन् । ‘मैले जीवनमा धेरै कुरा गरें । त्यसकारण अरु कसैले मैले देखेका र भोगेका कुराको अनुभव र सामना नगरुन् भन्ने मेरो चाहना हो’, उनले भनेका छन् । मिथुनले आफ्नो अनुहारका कारण धेरैको अपमान सहनु परेको खुलाएका छन् । ‘कोही व्यक्ति मेरो जीवनबाट गुज्रियोस् भन्ने म चाहन्नँ । हरेक कसैले संघर्ष देखेका छन् र मैले कठिन दिनदेखि संघर्ष गरेको छु । तर मलाई जहिल्यै मेरो अनुहारको रंगले बोलाइन्थ्यो । मेरो अनुहारकै कारण कैयौं वर्षसम्म मेरो अपमान गरिएको छ । अनुहारकै कारण मैले खाली पेट सुत्नु पथ्र्यो र सुत्नकै लागि रुनु पथ्र्यो’, उनले भनेका छन् ।

अभिनेताले कुनै समय आफ्नो आगामी भोजन के हुने र कहाँ सुत्नुपर्ने हो भन्ने सोच्ने गरेको उल्लेख गरेका छन् । ‘म पनि धेरै दिनदेखि फुटपाथमा सुतेको छु । त्यहीकारण मेरो बायोपिक बनोस् भन्ने चाहन्नँ । मेरो कथाले कसैलाई प्रेरित गर्दैन । मेरो बायोपिकले दर्शकलाई मानसिक तनाव दिनेछ । बायोपिकले मानिसको सपना हासिल गर्न हतोत्साहित गर्नेछ’, उनले भनेका छन् ।

Logo