गोल्डेन ओकको कमेडी यात्रा मंसिर १५ गतेदेखि, यी ६ शहरमा हुने

गोल्डेन ओकको कमेडी यात्रा मंसिर १५ गतेदेखि, यी ६ शहरमा हुने


नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा गोल्डेन ओकको कमेडी यात्रालाई पनि निरन्तरता दिएको छ । 

स्रोतका अनुसार सो कमेडी यात्रा यही मंसिर १५ गतेदेखि सुरु हुँदैछ । गाइघाटमा मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते पूरै उत्साहका साथ आयोजित हुन लागेकाे हाे। जहाँ कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालको प्रस्तुती हेर्न पाइनेछ ।  

यसअघि गोल्डेन ओकको कमेडी यात्रा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक सम्पन्न भएको थियो । यस कमेडी यात्रालाई दर्शकहरुले पहिले जस्तै माया गरेर सफल बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ । 

Logo