‘अविवाहित’ भन्दै आएका राजेशपायलले सार्वजनिक गरे छोराको तस्वीर

‘अविवाहित’ भन्दै आएका राजेशपायलले सार्वजनिक गरे छोराको तस्वीर


चर्चित गायक राजेशपायल राईले पहिलोपटक आफ्ना छोराको तस्बिर सार्वजनिक गरेका छन् । अहिलेसम्म विवाहको औपचारिक पुष्टि नगरेका राजेशपायलले बुधबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमार्फत छोरोको तस्बिर सार्वजनिक गरेका हुन् ।

छोरा पाँच महिना पूरा भएर ६ महिना लागेको अवसरमा पास्नीको तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘पहिलो भात खुवाइ यानेकी पास्नी । दिदी राइसासँग सायारेम ।’ सायारेम नाम उनले आफ्नो अघिल्लो गीतबाट लिएका हुन् ।

केही समयअघि नै राजेशपायलले साङबुङ राईसँग विवाह गरेको हल्ला चलेको थियो । तर, उनले आफूलाई ‘अविवाहित’ भन्दै आएका थिए । 

Skip This
Logo