इतिहास थाहा नहुनेका लागि ‘सोल अफ द कमाण्डो’ एकदमै अविष्मरणीय – अभिनेता राई

इतिहास थाहा नहुनेका लागि ‘सोल अफ द कमाण्डो’ एकदमै अविष्मरणीय – अभिनेता राई


नेपाली कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।

प्रदर्शनपछिको शो हेरिसकेपछि सोल अफ द कमाण्डो चलचित्रका कलाकारहरुले फिल्म एकदमै राम्रो भएकाले सबैजनाले हेर्नुपर्ने बताए । उनीहरुले चलचित्रमा गोरखालीको वीर गाथालाई प्रश्तुत गरेको बताए । 

सञ्चारकर्मीहरुसँगको कुराकानीमा बोल्दै अभिनेता राजकुमार राईले चलचित्र नितान्त गोरखाली सैनिकको कथामा आधारित रहेको बताए । उनले नेपालीहरु इण्डियन र ब्रिटिस आर्मीमा जाँदा भोग्नुपरेका कथा र दुःखहरुलाई फिल्ममा देखाइएको बताए ।   

उनले भने, ‘यो नितान्त गोरखालीको कथा हो । गोरखालीहरु इण्डियन आर्मी र ब्रिटिश आर्मीमा गइसकेपछिको भोगाइलाई चलचित्रमा देखाइएको छ । परिवारले भोगेको पीडा यसमा छ । नेपालको इतिहास थाहा नहुनेका लागि यो एकदमै अविष्मरणीय छ ।’ 
 
२४ वर्षपछि फिल्मी पर्दामा देखिएका राईले दर्शकले चलचित्र मन पराउनेमा आशावादी रहेको बताए । 

फिल्ममा राइसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राई लगायतको पनि अभिनय छ । युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् । अभिनेता राई तेक्वान्दो खेलाडीका साथै अवकाश प्राप्त ब्रिटिश आर्मी हुन् । 

Skip This
Logo