एक सातामा ‘अवतार द वे अफ वाटर’ले कमायो करिब पाँच हजार करोड

एक सातामा ‘अवतार द वे अफ वाटर’ले कमायो करिब पाँच हजार करोड


निर्देशक जेम्स कैमरुनको पछिल्लो चलचित्र अवतार द वे अफ वाटरले रिलिजपछि अहिलेसम्म करिब पाँच हजार करोड रुपियाँ कलेक्सन गर्न सफल भएको छ । हिजो विहीबार साँझसम्मको कलेक्सनअनुसार सो फिल्मले ४ हजार ९ सय ६० करोड रुपियाँ कलेक्सन गरेको हो ।

सो फिल्मले भारतबाट मात्रै २१९ करोडभन्दा बढीको कलेक्सन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । २ हजार करोड रुपियाँ बजेट रहेको यो फिल्मले पछिल्लो आफ्नै फिल्म अवतारको रेकर्ड तोड्न सक्छ कि सक्दैन भन्नेमा चलचित्र विश्लेकहरुको चासो छ ।

यसअघिको सन् २००९ मा रिलिज भएको अवतार फिल्मले विश्वभरबाट २४ हजार करोड रुपियाँ कलेक्सन गरेको थियो । त्यस्तै, सोभन्दा १२ वर्ष अघि रिलिज भिएको जेम्सकै टाइटानिक फिल्मले १८ हजार करोड रुपियाँ कलेक्सन गरेको थियो ।  

Logo