‘राई इज किङ’ राजेश पायल राईलाई जापानमा भव्य स्वागत

‘राई इज किङ’ राजेश पायल राईलाई जापानमा भव्य स्वागत


चर्चित गायक राजेश पायल राईलाई जापानमा भव्य स्वागत गरिएको छ । 

नेपाल आदिवासी जनजाति महासंघ, जापानले आयोजना गरेको “नेफिन जापान सांस्कृतिक साँझ २०२३” मा सहभागी हुन गायन रियालिटी शो ‘द भोइस सिजन ४ ’को फस्टरनर गायिका सविना योङहाङ लिम्बु र द भोइस किड्स टप फाइनलिस्ट गायिका सम्रिद्वी परीयारसँग जापान पुगेका गायक राईलाई टोकियो नारिता विमानस्थलमा भव्य स्वागत गरिएको हो । 

आदिवासी जनजाति महासंघ, जापानका वरिष्ठ उपाध्यक्ष नविन निउॅरे, नेफिन जापानका महासचिव शिशिर लिम्बुलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र सामाजिक अभियान्ताहरूले उनीहरुलाई स्वागत गरेका हुन् ।  

यो साँस्कृतिक साँझ जापानको फुकुओकामा जनवरी ७ तारिक, नागोयामा जनवरी ८ तारिक,चिबामा जनवरी १४ तारिक, टोकियोमा जनवरी १५ तारिक र ओकिनावामा जनवरी १८ तारिकमा हुँदैछ । 

Logo