गायक राजेश पायल राईको जापान टुर भव्य रुपमा सफल, अब कोरिया जाने

गायक राजेश पायल राईको जापान टुर भव्य रुपमा सफल, अब कोरिया जाने


राई इज किङ अर्थात लोकप्रिय पाश्र्वगायक राजेश पायल राई हाल जापान टुरमा छन् । जनवरी ७, फुकुओकाबाट सुरु भएको उनको जापानको सांगीतिक टुर आज ओकिनावामा कन्सर्ट गर्दै भव्य रुपमा समापन हुँदैछ । यसलगत्तै उनी म्युजिकल टुरकै क्रममा दक्षिण कोरियाको बुसान प्रस्थान गर्नेछन् । 

महाविर पुनको राष्ट्रिय आविश्कार केन्द्र नेपालको सहयोगार्थ नेपाल आदिवासी जनजाति महासंघ जापानको प्रस्तुतीमा आयोजित यलम्बर साँझ २०२३ को अवसर पारेर गायक राई जापान टुरमा पुगेका थिए । 

No description available.जनवरी ७ मा फुकुओका, ८ मा नागोया, १४ मा चिवा, १५ मा टोकियो र आज १८ मा ओकिनावामा कन्सर्ट हुँदैछ । राई इज किङले केन्द्रविन्दुसँगको कुराकानीमा भने- ‘अहिलेसम्मका सबै कन्सर्ट भव्यरुपमा सम्पन्न भएका छन् ।’ गायक राईसँगको सांगीतिक टुरमा द भ्वाइस अफ नेपालकि फाइनालिष्ट सविना लिम्बु र द भ्वाईस अफ नेपाल किड्स कि समृद्धि परियारले समेत प्रस्तुती दिएका थिए । 

No description available.कार्यक्रमबाट उठेको रकम आविश्कार केन्द्रलाई हस्तान्तरण गरिने आदिवासी महासंघका अध्यक्ष संजीव राईले बताए । आविश्कार केन्द्रको सहयोगार्थ आयोजित कन्र्सट भएकाले पनि सबै कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिती भएको राईको कथन थियो । यस्तै, आज ओकिनावामा आयोजना हुने कार्यक्रम पनि भव्य रुपमा सफल हुने आयोजक संस्थाका प्रितम गर्बुजा मगरले बताए । 

No description available.सांगीतिक टुरका क्रममा फुकुओका र टोकियोमा जापानस्थित नेपाली राजदुत दुर्गा बहादुर (दुवसु) क्षेत्रीले गायक राईलाई सम्मान गरेका थिए । यस्तै टोकियोमा रहेका एभरेष्ट इन्टरनेसनल स्कुलमा समेत गायक राईको उपस्थितीमा एक कार्यक्रम आयोजना गरिएको थियो । नेपालबाट संचालन हुने एसइइ परीक्षामा प्रत्येक वर्ष जापानबाट नेपाली विद्यार्थीहरुलाई सम्मिलित गराउँदै आएको उक्त स्कुलका विद्यार्थीहरुसँग गायक राईले सागर सरी चोखो माया, दर्शन नमस्ते लगायतका गीत गाएका थिए । 

No description available.

No description available.

Skip This
Logo