फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ हुने

फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ हुने


फागुन ९ गते मंगलवार काठमाडौंको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट २०२३’ हुने भएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो । 

कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुति दिने भएका हुन् । 

आयोजक आइ लाइभ नेपालले ‘नेभरल्याण्ड कन्सर्ट’ गीत, संगीत मन पराउनेहरुका लागि एक अनौठो महशुस गर्ने ठाउँ बनोस् भन्ने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको जनाएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै आइ लाइभ नेपालका प्रवक्ता रविन्द्र कार्कीले कार्यक्रमले नेपालको गीत संगीतलाई माथि लैजान सहयोग पुग्ने र नेपालमा सांगीतिक पर्यटनको विकासमा पनि सहयोग पु-याउने अपेक्षा राखेको बताए । नेभरल्याण्ड कन्सर्ट नेपाली समाजमा नयाँ र प्रभावकारी हुनेमा विश्वस्त रहेको पनि बताए । ‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ । 

रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरीमा नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीमा सिक्किमका -यापर युएण्डबी क्लव प्लाटिनममा प्रस्तुत हुनेछन् । ग्ल्याबो ल्होसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्याण्ड कन्सर्ट’ को सुरक्षाका लागि ३०० बाउन्सर खटिने प्रवक्ता कार्कीले बताए । ५ सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिने उनले बताए ।  

नेभरल्याण्ड कन्सर्टका लागि स्टेज तथा म्युजिक सिस्टम भारतबाट मगाइएको प्रवक्ता कार्कीले बताए । 

Logo