रातारात भाइरल, अहिले गुमनाम यी भारतीय कलाकार

रातारात भाइरल, अहिले गुमनाम यी भारतीय कलाकार


सामाजिक सञ्जालले कैयौंलाई रातारात स्टार बनाइदिन्छ । कैयौं आज पनि हिट छन् त कोही मुलधारबाट टाढा छन् । कतिले इज्जत पाए, त कतिले लोकप्रियतालाई सम्हाल्नै सकेनन् । यहाँ सामाजिक सञ्जालका ती ‘सेन्सेसनल स्टार’को बारेमा प्रस्तुत गरिएको छ, जो कुनै समय हिट थिए । जसको आज कुनै चर्चा हुँदैन ।

रानू मण्डल

सन् २०१९ मा रानू मण्डलले रेल्वे स्टेसनमा लता मंगेशकरको गीत गाउँदै गरेको भिडियो भाइरल भएको थियो । यो भिडियो हेरेर उनलाई गायक, अभिनेता तथा संगीतकार हिमेश रेशमियाले गाउने मौका दिए । उनी कैयौं शोमा देखिइन् । तर आज उनको मजाक उडाउँछन् । उनले आफ्नो स्टारडमलाई सम्हाल्न पाइनन् । अहिले उनीमाथि मिम्स बन्छ । उनलाई अहिले कसैले पनि गम्भीर रुपमा लिँदैनन् ।

सहदेव दिर्दो

‘बसपन का प्यार’ गाएर लोकप्रिय बनेका सहदेव रातारात भाइरल भए । बादशाहले उनलाई आफ्नो गीतमा गाउने मौका दिए । सहदेवले ‘बसपन का प्यार’ पछि कुनै कमाल गर्न सकेनन् । उनी इन्स्टामा रील भिडियो त राख्छन्, तर त्यसमा कसैले ध्यान नै दिँदैन ।

सन्जीव श्रीवास्तव

अभिनेता गोविन्दाको गीतमा नाँच्ने डब्बू अंकललाई सबैले सम्झिएकै होलान् । कुरा हो, सन्जीव श्रीवास्तवको । जो गोविन्दाको गीत ‘आपके आ जाने से’मा नृत्य गरेर रातारात स्टार बने । उनको नृत्य शैली भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल भयो । कैयौं रियालिटी शोमा उनी पाहुना बनेर पुगे । तर आज सन्जीव मूलधारबाट टाढा छन् ।

भुबन बड्याकर

पश्चिम बंगालको सडकमा मूँगफली बेच्ने भुबन ‘कच्चा बादाम’ गाएर लोकप्रिय बने । मुँगफली बेच्दा गाएको यो गीत यति हिट भयो कि यो गीतलाई रेकर्ड नै गरियो । उनी रातारात स्टार बने । अहिले भने उनी आफ्नो गीत गाउन पाइरहेका छैनन् । किनकी उनको गीतमाथि कपिराइट लागेको छ । उनी अहिले बेरोजगार छन् । उनी पीडा सुनाउदै रुनेमात्र काम गरिरहेका छन् ।

अन्जली अरोडा

टिकटकमा आफ्नो नृत्यको धमाल देखाएर स्टार बनेकी अन्जली अरोड निकै हिट छिन् । उनले ‘कच्चा बादाम’मा नृत्य देखाएकी थिइन्, जसकारण उनी रातारात स्टार बनिन् । उनको यो लोकप्रियता अहिले पनि कायम छ । उनी कंगना रनावतको शो ‘लकअप’मा देखिएकी थिइन् । भलै उनले यो शो जितिनन् । तर दर्शकको मन जितिन् ।

Logo