६२ वर्षमा पहिलोपटक ओस्कार अवार्डमा कार्पेटको रङ रातो नहुने, यस्तो किन ?

६२ वर्षमा पहिलोपटक ओस्कार अवार्डमा कार्पेटको रङ रातो नहुने, यस्तो किन ?


सिनेमा जगतको सबैभन्दा ठूलो प्रतिष्ठित अवार्ड समारोह हो ओस्कार । जसको प्रशारण अब समयपछि हुनेछ । एकेडेमी अवार्ड (ओस्कार) आज मार्च १२ अर्थात आज अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा सञ्चालन हुँदैछ । यस पटकको ओस्कार नेपालको छिमेकी देश भारतका लागि पनि विशेष छ किनभने दक्षिण भारतीय ब्लकबस्टर फिल्म ‘आरआरआर’ पनि ओस्कर अवार्डको दौडमा परेको छ । 

अवार्ड शो जस्तोसुकै भए पनि त्यसमा रेड कार्पेटको धेरै महत्व हुनेगर्छ । रेड कार्पेटमा सेलिब्रेटिहरु हिड्न रुचाउछन् । त्यसैले रेड कार्पेटलाई ग्ल्यामरसँग पनि जोडिएको छ । तर के तपाईलाई थाहा छ ? ६२ वर्षपछि पहिलो पटक ओस्कारमा कार्पेटको रंग रातो हुने छैन । यस्तो किन भइरहेको छ, कारण के हो, यी सबै बताउँदैछौँ ।

ओस्कार अवार्ड समारोहको रेड कार्पेटमा हिँड्ने हरेक स्टारको सपना हुन्छ, तर यसपटक रेड कार्पेटको रंग फेरिनेछ । सन् १९६१ देखि ३३ औं ओस्कार अवार्डपछि हरेक पटक रातो कार्पेट बिछ्याइएको छ । तर अब यो परम्परालाई परिवर्तन गर्ने निर्णय गरिएको छ । वास्तवमा रातोको सट्टा ओस्कार अवार्ड आयोजना गर्ने एकेडेमी अफ मोसन पिक्चर्सले यस पटक चम्किलो सेतो रंग अर्थात् ‘शैम्पेन’ रंगको कार्पेट रोजेको छ ।
 

Logo