चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक

चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक


नेपाली चलचित्र ज्याकी आइएम २१ को गीत कथा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । 

कार्यक्रममा बोल्दै अभिनेता धिरज मगरले गीत र फिल्मको सुटिङमा सबैले धेरै नै मेहनत गरेकाले राम्रो चलचित्र बनेको बताए । उनले विगतमा झैँ यस फिल्ममा पनि दर्शकहरुले साथ र सहयोग गरी मन पराउनेमा विश्वस्त रहेको बताए । 

त्यस्तै अभिनेत्री जसिता गुरुङले मेहनतको फल मिठो हुने र त्यो हेर्न अब लामो समय कुर्नु नपर्ने बताइन् । 
 
गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर छ भने किरण थापको संगीत रहेको छ । फिल्ममा भने धिरज मगर र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजाु भुजू, सुजाता राई, सूर्यमान लिम्बू, विकास जोशी, रिजोन परियार, सुशान्त गौतम र नारायणदेवी प्रधान र प्रदीप लामा लगायतका कलाकारको अभिनय रहेको छ । 

चलचित्र वैशाख २१ गतेदेखि देशभर प्रदर्शन हुनेछ । 

Logo