‘सम्मान मिस लिम्बू’को ‘ट्यालेन्ट’ राउण्डमा प्रतिस्पर्धीहरूले देखाए प्रतिभा

‘सम्मान मिस लिम्बू’को ‘ट्यालेन्ट’ राउण्डमा प्रतिस्पर्धीहरूले देखाए प्रतिभा


‘मिस लिम्बू’को छैटौं संस्करण ‘सम्मान मिस लिम्बू–२०७९’को  ग्राण्ड फिनाले आगामी ११ चैतमा काठमाडौंमा हुँदैछ । 

‘बौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित हुने प्रतियोगितामा १८ जना लिम्बु समुदायका युवतीहरु प्रतिस्पर्धामा छन् । शनिबार ती प्रतिस्पर्धीले ‘ट्यालेन्ट’ राउण्ड अन्तर्गत विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । सो क्रममा उनीहरुले नृत्य, गायन, अभिनय, प्रहसनलगायतका कला प्रस्तुत गरेका थिए ।

No description available.ट्यालेन्ट शोका लागि पूर्वमिस लिम्बू सानु नेम्बाङ, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, लिम्बू विद्यार्थी संघका अध्यक्ष दीपा लक्सम, छमटमी सिजन–२ का विजेता सरोज प्रजा, एपी वान टेलिभिजनका मार्केटिङ अफिसर रोशन सुबेदी र किरात थाक्थुङ चुम्लुङ सांस्कृतिक परिषद्का अध्यक्ष गोविन्द आङबुङ निर्णायक रहेका थिए ।

No description available.यस संस्करणमा फाइलनका लागि प्रतिस्पर्धी प्रतियोगीहरुमा सुस्मा इम्सोङ लिम्बू, साम्माङ थाम्सुहाङ, रोजा मादेन लिम्बू, रेनुका तुम्सा लिम्बू, फुङ्निमा योङ्हाङ लिम्बू, निता लिम्बू, निरु खापुङ, मुना चेम्जोङ लिम्बू, मुन नाल्बो लिम्बू, ममता आङ्बो लिम्बू, कृतिका चोङबाङ लिम्बू, ज्वाला कुरुमबाङ लिम्बू, बिपीका सेलिङ लिम्बू, अस्मिता मादेन लिम्बू, अनुषा परघरी लिम्बू, एलिना तुम्बापो लिम्बू, काजल सेलिङ लिम्बू र विनुमा पाहिम लिम्बू रहेका छन् । 

No description available.No description available.प्रतियोगितालाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदीक्षा श्रेष्ठले कोरियोग्राफी गरेकी छिन् ।

No description available.

No description available.प्रतियोगिताको ग्राण्ड फिनालेमा विजेताले नगद ५० हजारसहित स्कुटी पाउनुका साथै हङकङ भ्रमणको समेत अवसर दिइनेछ । त्यस्तै, फस्ट रनर्सअपले एक लाख र सेकेन्ड रनर्सअप विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

साथै मिस नेपाल आयोजक हिडन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा विजेता मिस लिम्बूलाई आउँदो मिस नेपालमा सिधै प्रवेश गराइने आयोजकले जनाएको छ । 

Logo