मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक


सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागकिर उड्डयनमन्त्रीको शब्द रचना रहेको गीन ‘पहराकी फूल’ सार्वजनिक भएको छ । 

आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ठूलो बलिदानबाट गणतन्त्र ल्याइएको भएपनि समाजको जराभित्र गणतन्त्रको संस्कृति बस्न नसकेको बताए । उनले आफू मन्त्री भएको ६२ दिन भएको तरपनि उल्लेख्य काम गर्न अझै नसकिरहेको बताए । 

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले गीत धेरै नै राम्रो रहेको बताए । उनले आफूले भोगेको समयलाई गीतमार्फत छोटो समयमा देखाएको बताए । 

साथै निर्देशक शान्तिराम राईले चुनावअघिबाट गीत शुरु गरेपनि आज आएर गीत सार्वजनिक गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे । 

गीतमा रुपकुमार राईको स्वर रहेको छ भने शब्द मन्त्री किराँतीको रहेको छ । भिडियोमा अभिनेता राईसँगै वेदना राई र मनिता जैसा वान्तवाको अभिनय रहेको छ । 

Skip This
Logo