राजेश पायल राईको स्वरमा ‘काली काली’ सार्वजनिक [भिडियाे]

राजेश पायल राईको स्वरमा ‘काली काली’ सार्वजनिक [भिडियाे]


गायक राजेश पायल राईको स्वरमा 'काली काली' बोलको नयाँ गीत सार्वजनिक भएको छ । टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन् ।                      

गीतकाे भिडियाेमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन् । गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा काेरियाेग्राफर हुन् । गजितले चलचित्रमा समेत काम गरिसकेका छन् । सम्बन्धले यी दुई दाजुभाइ पनि हुन् । लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन् ।        

लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् । टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन् ।'द प्रिमियर प्रोडक्सन' बाट सार्वजनिक भएको भिडियाेमा अशोक थापाको एरेन्ज, मनोज दङ्गाेलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटाेग्राफी रहेको छ।

 

Logo