१७ चैतमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा’ हुने

१७ चैतमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा’ हुने


गायक तथा संगीतकार कालिप्रसाद बासकोटा सन् २०२३ कै पहिलो सांगीतिक कार्यक्रमका रुपमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बास्कोटा’मा काठमाडौंका दर्शकमाझ गुञ्जिने भएका छन् । 

पछिल्लो फिल्म ‘फूलबारी’मा रहेको गीत ‘माया रैछ र’मा स्वर दिएका कालिप्रसाद ठमेलको सञ्चय कोष चोकमा खुलेको नयाँ क्लब ‘क्लब ओम्निया’मा १७ चैत शुक्रबार गुञ्जिन लागेका हुन् ।

कार्यक्रममा कालिप्रसादले नयाँ व्याण्ड ‘साथी भाइ’सँग लाइभ गीत गाउनेछन् । कन्सर्टमा कालिले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायतका लोकप्रिय गीत गाउनेछन् । उनले ‘साथीभाइ’ व्याण्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउनेछन् ।

कार्यक्रम पीभीइ नेटवर्कको प्रस्तुती र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको हो । कालिप्रसाद  ‘सा रे ग म प’ तथा ‘नेपाल आइडल सिजन १,२,३ का निर्णायक पनि हुन् ।

Logo