हाउस हेल्पको खुट्टा छुन्छिन् रश्मिका

हाउस हेल्पको खुट्टा छुन्छिन् रश्मिका


दक्षिण भारतीय फिल्मकी अभिनेत्री रश्मिका मन्दाना अभिनयसँगै सुन्दरताका लागि पनि लोकप्रिय छिन् । नेसनल क्रस रश्मिकाले फिल्म ‘गुड बाइ’मार्फत बलिउडमा पाइला चालिसकेकी छन् । 

उनी चाँडै नै अभिनेता रणवीर कपुरका साथ फिल्म ‘एनिमल’मा देखिँदैछन् ।

फिल्म ‘पुष्पा’ अभिनेत्री रश्मिकाले हालै एक अन्तरवार्तामा आफू जहिल्यै घरमा काम गर्ने (हाउस हेल्प)को खुट्टा छुने गरेको खुलासा गरेकी थिइन् । ‘घर फर्किएर सबैको खुट्टा आदर भावले छुने मेरो बानी हो । म आफ्नो हाउस हेल्पको पनि खुट्टा छुन्छु किनकी म कसैलाई पनि विभेद गर्न चाहन्नँ । म एक व्यक्तिको रुपमा जोकोहीलाई पनि सम्मान गर्छु’, उनले भनेकी छन् ।

कामको कुरा गर्दा रश्मिका पछिल्लोपटक थलपति विजयको फिल्म ‘वरिसु’मा अभिनय गरेकी थिइन् । यो फिल्म ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज भएको थियो । 

Logo