कान्तारा २ लाई ऋषभले मागे सय करोड पारिश्रमिक

कान्तारा २ लाई ऋषभले मागे सय करोड पारिश्रमिक


कन्नड सुपरस्टार ऋषश शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’को दोस्रो भागमा जोकोहीको नजर परेको छ । होमेबल फिल्मस्को व्यानरमा बनेको फिल्मको दोस्रो भागका लागि ऋषभ चर्चामा छन् ।

निर्माण पक्षका अनुसार ‘कान्तारा २’ फिल्मको सिक्वेल नभई प्रिक्वल हुनेछ । २० करोडको लागतमा बनेको फिल्मले गत वर्ष विश्वव्यापी रुपमा झण्डै ४ सय करोड बढी कमाई गरेको थियो । फिल्मको प्रिक्वेलको तयारी भइरहँदा ऋषभले निर्मातासँग सय करोड पारिश्रमिक मागेका छन् ।

फिल्मको पहिलो भाग कन्नड दर्शकलाई ध्यानमा राख्दै निर्माण गरिएको थियो । सोहीकारण फिल्मको बजेट पनि कम थियो । फिल्म रिलिज हुनासाथ यसको कथाबाट अन्य फिल्म उद्योगका मानिस पनि प्रभावित भएपछि अर्को भाषामा डब गरेर रिलिज गरिएको थियो ।

‘कान्तारा’का लागि ऋषभले ५ करोड मात्र पारिश्रमिक लिएका थिए । उनले लेखन, निर्देशनको कामसमेत गरेका थिए । फिल्म ब्लकबस्टर भएपछि निर्माताले ठूलो बजेटमा प्रिक्वेल बनाउने तयारी गरिरहेका छन् । त्यहीकारण ऋषभले पनि पारिश्रमिक सय करोड मागेका हुन् ।

Logo