‘सम्मान मिस लिम्बू -२०७९’को उपाधि विनुमालाई

‘सम्मान मिस लिम्बू -२०७९’को उपाधि विनुमालाई


‘मिस लिम्बू’को छैटौं संस्करण ‘सम्मान मिस लिम्बू–२०७९’को उपाधि विनुमा पाहिम लिम्बूले जितेकी छन् । 

शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा विनुमा विजेता घोषित भएकी हुन् । प्रतिस्पर्धीहरु काजल सेलिङ लिम्बू, मुन नाल्बो लिम्बू, रोजा मादेन लिम्बू र मुना चेम्जोङ लिम्बूलाई पछि पार्दै विनुमाले मिस लिम्बूको ताज पहिरिएकी हुन् । 

पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठको कोरियोग्राफी रहेको सो प्रतियोगिताको फर्स्ट रनर अप काजल सेलिङ लिम्बू भइन् भने सेकेण्ड रनर अप मुना चेम्जोङ लिम्बू घोषित भइन् । 

योसँगै विजेता विनुमाले नगद एक लाखसहित स्कुटी पाउनुका साथै हङकङ भ्रमणको समेत अवसर पाएकी छन् । साथै फर्स्ट रनर अप काजलले एक लाख रुपैयाँ र सेकेन्ड रनर्सअप विजेता  मुनाले ५० हजार रुपैयाँ नगद प्राप्त गरेकी छन् । 

Skip This
Logo