सरकारले रंगमञ्चलाई वास्ता गरेन -अभिनेता खनाल

सरकारले रंगमञ्चलाई वास्ता गरेन -अभिनेता खनाल


आज ६२औं रंगमञ्च दिवस मनाइएको छ । सोमवार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरु गरी रंगमञ्च दिवस मनाइएको हो । 

कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औं वर्ष भएपनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद् रहेको बताए । उनले अझैसम्म पनि रंगकर्मीहरुले श्रमीकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद् रहेको बताए । 

उनले भने, ‘हामी ६२ औं रंगमञ्च दिवस मनाइरहेका रहेछौँ तरपनि हाम्रो स्थिति त्रिपालमुनी नै रहेछ, दयनिय नै रहेछ, श्रमीकको दर्जा दिइयोस् भन्ने आवाज ६२ वर्षपछि पनि उठाउनुपर्ने अवस्था रहेछ ।’
 
कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन् । उनले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गरिन् । 

अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र बिस्तार गर्नुपर्ने बताइन् । 

Logo