कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी

कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी


चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन् । 

मंगलवार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटि डेस्कबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यकारी अध्यक्ष केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढिरहेको बताए । उनले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौती थपेको बताए । कार्यकारी अध्यक्ष केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा पनि साइबर हमला हुने क्रम बढ्दै गएको बताउनु भयो । उहाँले साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पारे । साइबर सुरक्षालाई बहुपक्षिय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने पनि केसीले बताए । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतिलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध रहेको उल्लेख गरे । 

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए । उनी टिकटकले लामो समयको भिडियो अपलोड गर्न पाउनेगरी विकास गरेकाले सबै भिडियो टिकटबाट नै सार्वजनिक हुने गरेको बताए । उनले यसरी अनैतिक रुपमा भिडियो पोस्ट गर्नेहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने बताउछन् । 

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले चलचित्रसम्बन्धी कानूनलाई नै बलियो बनाएर साइबर क्राइमका घटना कम गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा बन्ने  चलचित्रहरुको स्वीकृति लिने मापदण्ड बनाई अघि बढ्न सुझाव दिए । कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरुले उजुरी दिन कन्जुस्याँइ गर्नु नहुने बताउछन् । उनले साइबर अपराधलाई कम गर्न दर्शकहरुलाई सचेतना जगाउन आवश्यक रहेको बताउछन् । 

प्रहरी उपरीक्षक रेग्मीले साइबर अपराध कम गर्नका लागि सम्बन्धित निकायहरु मिलेर जनचेतनामुखी काम गर्न आवश्यक रहेको बताउछन् । 

Logo