९ महिनापछि र्‍यापर साकारको कमब्याक

९ महिनापछि र्‍यापर साकारको कमब्याक


संगीत पारखीमाझ लिटिल बुद्धका रुपमा परिचित र्‍यापर साकार अधिकारी संगीतका लागि नौ महिनाको ‘भूमिगत’ जीवनपछि फ्यानमाझ आउने भएका छन् ।

युवापुस्तामाझ रुचाइएका साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन् । उनको एल्बम आगामी जुन, २०२३ मा रिलिज हुँदैछ । एल्बमको गीत भने जुनको पहिलो साता सार्वजनिक हुनेछ । उनले आगामी जुनमा नेपालका प्रमुख सहरमा टुर पनि गर्दैछन् । उनको व्यवस्थापन कम्पनीले सामाजिक सञ्जालबाट टुरको बारे औपचारिक जानकारी दिएको छ ।

विगत पाँच वर्षदेखि साकारको कार्यक्रमको व्यवस्थापन गर्दै आएको पीभीइ नेटवर्कले यसपटक पनि साकारको नेपाल टुरको व्यवस्थापन गर्दैछन् । पीभीई नेटवर्कको तर्फबाट विकास ढकालले व्यवस्थापनको नेतृत्व गर्नेछन् ।

पीभीई नेटवर्कका अनुसार साकारले यसै वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन् । साकारको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा परेको थियो । यो गीत नेपालमा १ नम्बर, अष्ट्रेलियामा र युएईमा ६ नम्बर ट्रेन्डिङमा परेको थियो ।

Logo