चलचित्र ‘हल्करा’आजदेखि देशभर प्रदर्शन

चलचित्र ‘हल्करा’आजदेखि देशभर प्रदर्शन


नेपाली चलचित्र ‘हल्करा’आजदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। अन्तर्राष्ट्रिय अवार्ड हात पारेसँगै चर्चामा रहेको फिल्मको निर्देशन विक्रम सापकोटाले गरेका हुन्। लेखन र सम्पादन समेत सापकोटाले नै गरेका छन्।

फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा छन्। रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्ममा उमेश तामाङ, पशुपति राई,स्व.दीपक क्षेत्री,विद्या कार्की लगायतका कलाकारले समेत अभिनय गरेका छन्।

निर्देशक सापकोटा हल्करा बदलिदो समयको कथा भएको बताउँछन्। ‘नेपाली समाजको व्यथा समेटिएको छ।

धैर्यता र आशाको कथा बोल्छ’, बिहीबार पोखरामा सञ्चारकर्मीसँगको भेटमा उनले भने, ‘देशको अवस्थाले विदेशिएको नेपाली समाजको बाध्यतालाई प्रस्तुत गरेका छौँ।’ प्रविधिसँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटो समेत फिल्मले देखाउने उनले बताए।

५ वर्ष अगाडि छायंकन गरिएको फिल्म फेस्टिबलहरुमा रुचाइएपछि ठूलो पर्दामा रिलिज गरिएको हो। कास्की, तनहुँ र काठमाडौँको विभिन्न स्थानमा फिल्म खिचिएको छ।

Logo