टेली सिरियल ‘भाविको लेखान्त’को प्रोमो सार्वजनिक

टेली सिरियल ‘भाविको लेखान्त’को प्रोमो सार्वजनिक


समाजको यथार्थ घटनामा आधारित पारिवारिक सामाजिक सिरियल ‘भाविको लेखान्त’को प्रोमो सार्वजनिक भएको छ । 

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त प्रोमो सार्वजनिक गरिएको हो । कबिरद्वारा लेखिएको उक्त सिरियलको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् भने तारा केसी, रमेश अधिकारी, रमेश भट्ट, गीता थापा, लेखान्त भुसाल, आकृति न्यौपाने, रमेश बुढा मगर, लक्ष्मण चौलागाई, प्रबिन पुरी, सबिन घिमिरे, यसु भट्टराई र सुरेन्द्र थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

प्रोमो सार्वजनिक पछि चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले सिरियल ‘भाविको लेखान्त’ एकदमै राम्रो रहेको प्रतिक्रिया दिए । उनले सिरियलमा थप कला संस्कृतिलाई जिवन्त रुपमा उर्तानका लागि सुझाव पनि दिए । 

अध्यक्ष निरौलाले भने, ‘प्रोमो हेरे मैले, ‘मलाई राम्रो लाग्यो ग्रामीण ईलाकाको परिवेशलाई देखाउँने प्रयास गरिएको छ त्यो सबैभन्दा राम्रो पक्ष लाग्यो । थप के भन्न चाहन्छु भनि हाम्रो कला संस्कृति र परिवेशलाई जीवन्त रुपमा उर्तान सकियोस् । कलाकारहरुको अभिनय राम्रो छ ।’

उनले नयाँ कलाकारहरु पपुलारिटीको अहंकारले पुराना कलाकारसँग बोल्न नखोज्ने गुनासो गर्दे यहि अहंकारले कलाकारहरु संठगठित हुन नसकेको बताए । 

Logo