अभिनेता आशिष बिद्यार्थीले गरे दोस्रो विवाह

अभिनेता आशिष बिद्यार्थीले गरे दोस्रो विवाह


यतिबेला मनोरञ्जन क्षेत्रबाट एउटा खुसीको खबर आएको छ। बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो खलनायकको भूमिकाबाट फ्यानको मनमा स्थान बनाएका ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन्।

अभिनेताले भर्खरै कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरे। जसका तस्विरहरू सोशल मिडियामा ट्रेन्डिङ भइरहेका छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरुपनि प्रतिक्रिया नदिएर बस्न सक्दैनन्। यति मात्र होइन, उनी अभिनेतालाई उनको नयाँ इनिङ्सका लागि बधाई दिँदै आएका छन्।

फ्यानहरुले शेयर गरेका तस्विरमा आशिष विद्यार्थी र उनकी श्रीमती रुपाली बरुआ परम्परागत सेतो पहिरनमा देख्न सकिन्छ। योसँगै उनको अनुहारमा ठूलो मुस्कान पनि देखिएको छ। यसबाहेक,आफ्नो विवाह गर्ने निर्णयको प्रतिक्रिया दिँदै, दिग्गज अभिनेताले इ-टाइम्ससँग कुरा गर्दै भने, ‘जीवनको यो चरणमा,रूपालीसँग विवाह गर्न पाउँदा असाधारण अनुभूति भएको छ। हामीले बिहान कोर्ट विवाह गर्यौ र साँझ गेट टुगेदर सकियो।’

आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् । जसमा १९४२ः ए लभ स्टोरी, बाजी, जीत, मृत्युदाता, अर्जुन पण्डित, मेजर साब, सोल्जर, हसिना मान जायेगी, जानवर, वास्तवः द रियलिटी, जोरु का गुलाम, रिफ्युजी, जोडी नम्बर १ जस्ता दर्जनौ फिल्महमा अभिनय गरेका छन । उनको खलनायकको भूमिकालाई निकै रुचाइएको छ ।

Logo