अमेजन प्राइमका लागि ‘म्युजिक वेव सिरिज’मा अभिनय गर्दै अदिती बुढाथोकी

अमेजन प्राइमका लागि ‘म्युजिक वेव सिरिज’मा अभिनय गर्दै अदिती बुढाथोकी


अभिनेत्री अदिती बुढाथोकी नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सकृय रहेकी छिन्। दोस्रो फिल्म ‘बाबरी’पछि अहिले भारतमै रहेकी अदितीले म्युजिक भिडियोसंगै वेव सिरिजहरुमा ब्यस्त भइरहेकी छिन् ।

यस्तैमा म्युजिक वेव सिरिज सिजन १ मा अदिती मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छिन्। नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेव सिरिज’मा अदितीले सिजन १ देखी सिजन ३ सम्म कामगर्ने भएकी छिन्।

अमेजन प्राइमबाट रिलिज हुने वेव सिरिजको सिनेमाटोग्राफर बिनोद प्रधान रहेका छन् । अदिती अहिले यहि वेव सिरिजको सुटिङमा ब्यास्त भइरहेकी छिन् । यता नेपालमा भने अदितीको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको निर्माणको तयारी पनि तिव्र रुपमा भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल चलचित्रको घोषणा गरेकी थिइन् ।

सो अनटाइटल चलचित्रमा मुख्य कलाकारको रुपमा ‘बाबरी’कै कलाकारहरु धिरज र अदिति फाइनल भएका थिए। अनटाइटल चलचित्रको घोषणापनि धीरज र अदितीकै क्रेजलाई लिएर गरिएको थियो ।

Logo