1
1
1
1
1
65
Shares

नेपालमा टिकटक ब्यान्डपछि मच्चियो तरंग, के भन्छन् मिस नेपालहरु ?

1
1
1
1
1
1
1
1

अहिले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको चर्चा टोल-छरछिमेक हुँदै चिया गफ र राजनीतिज्ञहरुका लागि तातो गफको विषय वस्तु बनेको छ । यही विषयलाई लिएर अहिले समाज दुईधारमा विभाजित छ । 

कोही टिकटकमाथि प्रतिबन्ध लगाएर टिकटकभित्र भित्रिएको अश्लिलता र अराजकताप्रति सरकारले उदाहरणीय कार्य गरेको भनेर मुक्तकण्ठले प्रसंशा गरिरहेका छन् भने टिकटक प्रतिबन्धको विपक्षमा उभिएकाहरु टिकटकबाट हजाराैं नयाँ व्यवसायीहरूले आफ्नो व्यापार प्रवर्द्धन गरेको, आफ्नो लुकेको ट्यालेन्टलाई विश्वमाझ पुर्याएर नेपालको पहिचानमा वृद्धि गरेको भन्दै बलियो तर्क प्रस्तुत गरिरहेका छन् । सामाजिक सञ्जाललाई प्रतिबन्ध भन्दा पनि नियमन गर्नुपर्ने उनीहरुकाे माग छ । 

टिकटक प्रतिबन्धको चर्चा टोल-छरछिमेक हुँदै चिया गफ र राजनीतिज्ञहरुका लागि तातो गफको विषय वस्तु बनेको छ ।

टिकटक प्रतिबन्धको विषयमा मिस नेपालहरुले पनि आफ्नो मौनता तोडेका छन् । मिस नेपाल नम्रता श्रेष्ठ लेख्छिन्- ‘कोभिड १९ को लकडाउनको बेला डर, त्रास अनि दिक्क लागेको अफ्ठ्यारो परिस्थितिमा फस्टाएको यो एप एउटा रमाउने अनि मनोरंजनको माध्यम बनेको थियो। त्यस पश्चात थुप्रै राम्रा अनि नराम्रा, भद्र र अभद्र कंटेंटहरु देख्न र सुन्न पाइयो । कोई बेरोजगार भए त कत्तिले करोड़ कमाएका पनि सुन्नुमा आयो। थुप्रै कलाकारहरू जन्मिए भने थुप्रैले प्लेटफार्मलाई मिस युज पनि गरे।

हरेक कुराहरुमा राम्रो र नराम्रो दुवै पक्षहरु हुने भएकाले नराम्रो कुराहरुलाई रोक्नका लागि पोलिसी निर्माण र कम्युनिटी गाइडलाइन बनाउने विषयहरुमा ध्यान दिन मिस नेपाल नम्रता श्रेष्ठले सुझाएकी छिन् । 

यदि सामाजिक सञ्जालमा नराम्रो कुराहरु मात्र राखिन्छन् भनेर सबै कुराहरु हटाउन थालियो भने सामाजिक सञ्जालहरुमा केही कुराहरु पनि बाँकी नरहने मिस नेपाल श्रेष्ठ बताउँछिन् । हरेक कुराहरुमा राम्रो र नराम्रो दुवै पक्षहरु हुने भएकाले नराम्रो कुराहरुलाई रोक्नका लागि पोलिसी निर्माण र कम्युनिटी गाइडलाइन बनाउने विषयहरुमा ध्यान दिन सुझाएकी छिन् । 

प्रविधिको विकाससँगै अघि नबढेर नेपाल भने झन् पछि धकेलिरहेको उनी बताउँछिन् । 

यस्तै, अर्की मिस नेपाल निती शाह पनि मिस नेपाल नम्रता श्रेष्ठको विचारमा सहमत जनाउँदै उनको पोष्टलाई रि–सेयर गरेकी छिन् । उनी पनि सामाजिक सञ्जाललाई प्रतिबन्ध भन्दा नियमनकाे बाटाेमा डा‍ेहाेर्याउनु पर्ने पक्षमा छिन् । 

टिकटक प्रतिबन्धको विषयलाई लिएर नेपाल सरकारले फेरि एकपटक सोच्नुपर्ने र गाइडलाइनलाई अझै बलियो बनाउनुपर्ने मिस नेपाल साहाना बज्रचार्य बताउँछिन् ।

अर्की मिस नेपाल साहाना बज्रचार्यले पनि टिकटक प्रतिबन्धको विषयलाई लिएर आफ्नो मौनता तोडेकी छिन् । टिकटक प्रतिबन्धको विषयलाई लिएर नेपाल सरकारले फेरि एकपटक सोच्नुपर्ने र गाइडलाइनलाई अझै बलियो बनाउनुपर्ने उनी बताउँछिन् । 

मिस नेपाल बज्राचार्यले समाजमा राम्रो र नराम्रो र सबै प्रकारका कुराहरु हुने भएकाले तिनीहरुलाई प्रतिबन्ध गरिनुको साटाे नियम र कानूनको परिधीमा बाँधेर अघि बढ्दा राम्रो हुने बताएकी छिन् । 

यसैबीच मिस नेपाल सदिक्षा श्रेष्ठले पनि टिकटक प्रतिबन्धको विषयलाई लिएर सरकार केही लचिलो बन्नुपर्ने बताएकी छन् । उनी टिकटकमा नराम्रो विषयवस्तुहरु रहेको कुरामा पूर्ण समर्थन जनाउँदै सिधै प्रतिबन्ध नगरेर सरकारले भिन्न तरिकाहरु अपनाएर अघि बढ्नुपर्ने बताउँछिन् ।

प्रकाशित: ४ मंसिर २०८० १९:३४ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी