विराज भट्टको ‘१२ गाउँ’ मा जोडिए ‘साहो’ भिलेन कनिज

विराज भट्टको ‘१२ गाउँ’ मा जोडिए ‘साहो’ भिलेन कनिज

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ’ को खलनायकमा कनिज कोइराला अनुबन्धित भएका छन्।

‘इन्टरनेशनल म्यानहन्ट नेपाल–२००९’ सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडलसमेत रहेका कनिजले ‘बाहुबली’ फेम प्रभासको ‘साहो’ तथा दक्षिण भारतीय तेलुगू अभिनेता अधवी शेषको ‘गोडाचरी’ मा खलनायकको भूमिकामा अभिनय गरिसकेका छन्।

उनले अभिनेता विराजसँग भोजपुरी फिल्म ‘वध’ मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका थिए। कनिजले यसअघि नेपाली फिल्म ‘आँधीतुफान २’ मा अभिनय गरिसकेका छन्।

यसै साता यो फिल्मको नायिकामा ‘मिस नेपाल इन्टरनेशनल–२०२२’ न्यान्सी खड्का अनुबन्धित भएकी थिइन्। चैतको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा विराजको अभिनयसमेत हुनेछ। यही फिल्मबाट विराज पुत्र समीर डेब्यू गर्दैछन्।

हाल यो फिल्म प्रि- प्रोडक्सनमा छ। सन्तोष सरकारको कथा तथा पटकथा फिल्ममा छ। सन् २०२४ मै रिलिज हुने फिल्म विराजको होम प्रोडक्सन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा निर्माण हुँदैछ।

Skip This
Skip This
Logo