अन्ततः एलिना चौहानले मागिन् माफी

अन्ततः एलिना चौहानले मागिन् माफी

केन्द्रबिन्दु
168
Shares

गायिका एलिना चौहानले सांगितिक कार्यक्रमको साउन्ड टेक्निसियनसँग भएको विवादमा माफी मागेकी छिन्। साउण्ड सिष्टम व्यवसायीहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै गायिका चौहान उपस्थित हुने कुनै पनि कार्यक्रम तथा ठाउँमा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएपछि उनले माफी मागेकी हुन् ।

सामाजिक सन्जाल मार्फत उनले सांगितिक कार्यक्रमको शिलशिलामा सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने आफ्नो स्वभावलाई आफ्नो कमजोरीका रुपमा स्वीकार गर्दै आगामी दिनमा यस्ता कमीकमजोरीप्रति आफू सचेत रहने बताएकी छन् । साउण्ड इन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियोर भिडियो सम्पादक सबै पर्दा पछाडिका हिरो भएको पनि उनले भनेकी छन् ।

गत आइतबार पर्वतमा आयोजित मगर महोत्सवमा स्टेज पर्फमेन्सका क्रममा साउन्ड सिस्टमको विषयलाई लिएर गायिका चौहान र साउन्ड टेक्निसियनबीच उत्पन्न विवाद सामाजिक सञ्जालमा भाइरल छ। गायिका चौहान कुश्मा बजारमा आफ्ना साङ्गीतिक प्रस्तुतिहरू राख्दै थिइन्। ४२ औँ मगर दिवसको अवसरमा पुन क्लबको आयोजनामा गत फागुन १५ गतेदेखि जारी तेस्रो राष्ट्रिय मगर महोत्सवमा चढेपछि साउन्ड सिस्टमको विषयलाई लिएर प्राविधिकहरूसँग केही भनाभन भएको थियो। कार्यक्रममा उनले ३र४ वटा गीत गाइसकेकी थिइन्। अन्त्यमा उनको बहुचर्चित गीत ‘धोकेबाज’ लाई वान्स मोर आएपछि फेरि गाउने भइन्। त्यत्तिकैमा उनले टेक्निसियनलाई साउन्ड मिलाउन आग्रह गर्छिन्। जबाफमा ‘पहिले भोकल क्लियर गरेर हामीसँग लेबल माग्नू’ सुन्छिन्। उनी रिसले आगो हुन्छिन्। उनले टेक्निसियनलाई जबाफ फर्काउँछिन्, ‘पहिला तपाईँको त्यो बोल्ने ढंग सुधार गर्नू, बुझ्नु भो।’ मिलाउन आउँदैन अनि लाज लाग्दैन यस्तो बोल्नलाई पनि भन्न भ्याइन् ।

साउन्डमा सुधार नभएपछि उनले अन्तिम गीत गाउन सकिनन् । उद्घोषले एलिनालाई धन्यवाद दिए । एलिनालाई सेक्युरिटी दिएर त्यहाँबाट बाहिर निकालियो । एलिना गइसकेपछि साउन्ड टेक्निसियनमाथि दर्शक खनिएका थिए । उनीमाथि हातपात पनि भएको थियो । यो भिडियो अहिले भाइरल छ ।

सो घटनामा गायिका चौहानले अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै पोखराका साउन्ड सिस्टम व्यवसायीले आपत्ति जनाएका थिए । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै गायिका चौहान उपस्थित हुने कुनै पनि कार्यक्रम तथा ठाउँमा साउन्ड सिस्टम उपलब्ध नगराउने र त्यसका लागि गायिका चौहानले आफ्नो गल्तीको महसुस गरी माफी माग्नुपर्ने उनीहरूले सर्त राखेका थिए । त्यसपछि गायिका चौहानले आगामी दिनमा यस्ता कमीकमजोरीप्रति आफू सचेत रहने भन्दै माफी मागेकी हुन् ।

Logo