संगीत साधनामा सक्रिय गायिका मेनुका राई

संगीत साधनामा सक्रिय गायिका मेनुका राई

केन्द्रबिन्दु
42
Shares

मेनुका राईलाई आफ्नै तरीकाले पनि हेर्न सकिन्छ, उनी निरन्तर मौलिक पुर्वेली लोक संगीतको अलवा आधुनिक गायन विधामा आफूलाई उत्तिकै पोख्त सावित गर्दै गायन यात्रामा सक्रिय रुपमा लागि परेकी छिन् ।

नेपाली संगीत गायनमा विगत डेढ दशक बढी समयदेखि रमाउँदै आएकी प्रतिभाको रुपमा गायिका मेनुका राईलाई चिन्न सकिन्छ । आकर्षक व्याक्तित्व र सरल स्वभाव सफा मन सुन्दर तन उनको परिचयात्मक पाटो हो भने गायन उनको रुचिको बिषय । शास्त्रिय संगीतमा गहिरो अनुभव बटुलेकी राई कलेजमा एच्छिक विषय संगितमा डोरेमी संगीत पाठशालामा गुरुदेव कामत, दिपक हामजाम, प्रकाश गुरुङ्ग, कैलाश राई लगायत नेपाली संगीतका अग्रज गूरुहरुबाट शास्त्रिय र आधुनिक संगीतको ज्ञान बटुलेकी छन् ।

आफूलाई संगीतको विधामा रुचाउने मेनुका बाल्यकालमा आमाको स्नेहबाट गीत संगीतमा होमिएको उनी बताउँछिन । सक्रिय रहन यसबारे बुझ्न जरुरी ठानेर यसकै अध्ययन पनि गरिन् । उनको आमा शोभा राईको रहर पनि कलाकारिताबाटै छोरीले नाम कमाए हुन्थ्यो भन्ने थियो । बुवा रुद्र राई पनि छोरीले केही न केही गरेर नाम कमाओस् भन्ने नै थियो । मेनुका घरको जेठी छोरी भएकाले पनी घरको जिम्मेबारी पनि थियो । आमाबाबुको मीठो लाडप्यारमा हुर्किएकी मेनुकामा पनि समयक्रमले संगीतको रहर जगाउँदै लाग्यो । यसैले पनि उनी संगीतमै रमाएकी छिन् पनि ।

बालापनमै संगीत छिरेको थियो उनीमा । स्कुल पढ्दै गायनमा रहर जागेको थियो मेनुकालाई । खोटाङ्ग जिल्ला बुइपा को ग्रामिण भेकमा जन्मिएर पनि ग्रामिण परिवेशमा उकाली ओराली गर्दै गर्दा रेडियोमा गीत सुन्दा टेलिभिजनमा गीत हेर्दा, आफ्नो आवाज पनि त्यसैगरी प्रशारण गर्न पाए हुन्थ्यो भन्ने सोच मनमा आइरहन्थ्यो । अझ बुबाले पनि बेलाबेलामा छोरी टिभीमा पनि यसरी नै गीत गाईरहेको हेर्न पाए हुन्थ्यो भन्ने बोलीले उनमा उर्जा थपिन्थ्यो– सोच्थिन् कुनै दिन बुबाको इच्छा पनि !

पढ्दै कमाउन पर्ने अवस्था आयो । तैपनि उनी निराश भने भइनन् । किनभने उनमा संगीतको भूत सवार भैसकेको थियो । ग्रामिण परिवेशमा सामान्य परिवारमा जन्मिएर पनि संगीत प्रतिको मोह र गायनको बारेमा मोह बढ्दै गयो । आफ्नो उच्च शिक्षा पूरा गर्ने चाहनाका साथ एसएलसी पछि आफ्नो पढाइलाई अगाडि बढाउनको लागी काठमान्डौंको यात्रा तय गरिन् । काठमाण्डौं आएर पनि उनले आफ्नो कान्छो काका उनको शैक्षिक तथा सांगितिक अध्ययन र काठमाण्डौं बसाईमा सदैव साथ र सहयोग पुर्याए । आमाको रहर पूरा गराउन लागि नै किन नहोस् आफ्नो रहर मेटाउन पनि संगीत सिक्न थालिन् उनले । कलानिधि संगीत विद्यालयबाट संगीतको अध्यनन् पूरा गरिन् मेनुकाले ।

काठमाडाैंमा आफ्नो काकाले दिएको साथ र सहयोगले उनलाई संगीत कर्ममा उर्जा थपियो । रेकर्डिङमा पनि उनी अग्रसर हुन थालिन् रहरै-रहरमा उनले पहिलो गीत रेकडिङ्ग २०६४ सालमा गरिन् । आफ्नो इच्छा पूरा गराउन उनी गायनमा आइन् । टिभीदेखी रेडियो सबैतिर उनका गीत बज्न थाले । नेपालमा संगीतले मात्र पाल्न सक्ने अवस्था नरहे पनि विगत लामोसमयदेखि उनी सक्रिय रुपमा लागि परेकी छन् । माया आरिसे, १२३ , लाइफ लगायतका एल्वममा उनको स्वर रहेको छ ।

भुटेको मकै, जुनी जुनी सम्म , इसाराले , यो छोरीलाई , नौ डाडाँ पारि , पानी है मिठो यारी खोलाको , सुन माया सुन , ढल्कियो जोवन, सोलु सल्लेरी लगायत करिव ४ दर्जन गीतमा उनको आवाज सुन्न सकिन्छ । संगीतको शोख रहेर आफ्नो बाचामा तल्लिन बनेकी मेनुकाका सिर्जनामा सस्कार सस्कृति र मौलिक पनको आभास पाइन्छ ।

गायन उनको शौखको पाटो हो । आफ्नै लगानीमा हरेक साल मौलिक तथा आधुनिक गीत विभिन्न अवसरमा गीत रेकर्ड गराएर श्रोता माझ ल्याउँछिन् । हरेक साल एउटा न एउटा गीत निकाल्दै आएकी छिन् । यो क्रम टुटेको छैन । पूर्वेली गीत रोजाई त हो तर उनको सांगीतीक यात्रा भने जारी छ । यस वर्ष पनि उनका केही गीत रेकर्ड भैसकेको छ भने केही गीतहरु केही दिनमै रिलिज हुने तरखरमा छन् ।

३ वटा बनाइसकेकी छिन् भने अरु ४ दर्जन गीत पनि छन् । आधुनिक र पूर्वेली भाकाबाट इमेज अवार्ड, विध्यावासिनी म्यूजिक अवार्ड, नेशनल आर्ट एण्ड कल्चर म्युजक अवार्ड मा उनले अवार्ड समेत हात पारिन्, जसका कारण उनको उत्साह झन् थपिएको छ । उनका सबै गीत युट्युबमा पाईन्छन् । मेनुका राईको व्यक्तित्व निख्खर र मिजासिलो छ । स्वर अनुसारको गीत यीनले पाउने हो भने एकदम चर्चाको शिखर पुग्ने कुराको कुनै शंका छैन । संगीतमा लामो समयदेखि सक्रिय मेनुका राईका आकर्षक सिर्जनाले नेपाली गीत संगीतमा फराकिलो क्षेत्र ओगटेको छ ।

Logo