प्रतिक्षित चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक

प्रतिक्षित चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक

केन्द्रबिन्दु
196
Shares

काठमाडौं। आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहु प्रतिक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको छ भने अभिनेता राजबल्लभ कोइरालालाई स्टाइलिस लुक्समा इन्ट्री दिइएको छ ।

१ मिनेट २० सेकेन्ड लामो टिजरमा, अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदिप खड्कासँग रोमान्टिक दृश्यहरूमा प्रस्तुत गरिएको छ, साथसाथै सम्बन्धको केही तनावपूर्ण स्थितिहरूलाई पनि चित्रण गरिएको छ । टिजरको अन्त्यमा देखिने दृश्य र राजबल्लभको संवादले यस चलचित्रमा केही रहस्य रहेको आकलन गर्न सकिन्छ ।

१० वर्षपछि चलचित्रमा कमब्याक गरेका अभिनेता राजबल्लभ कोइरालाले यसपटक आफ्नो अघिल्लो भूमिकाहरू भन्दा फरक र आधुनिक शैलीको चरित्र निभाएका छन् । यही चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी दिव्या रायमाझीलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ। दिव्या नेपाली चलचित्रका चर्चित अभिनेता दिलिप रायमाझीकी छोरी हुन्, र उनले यही चलचित्रको लागि अमेरिका छोडेर नेपाल फर्किएकी हुन् ।

राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा प्रदिप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ । ‘एक्टर: टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन् । अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमको पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको छ । चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ । संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।

Logo