निर्देशक सुदर्शन थापाले मोडल सुप्रियासँग गरे इन्गेजमेन्ट

निर्देशक सुदर्शन थापाले मोडल सुप्रियासँग गरे इन्गेजमेन्ट


निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् ।

केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् ।

हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।  सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ । न्युज कारखाना

Logo