गायक सत्यराजकाे गीतमा छोरा संगीतको दमदार अभिनय (भिडियाे)

गायक सत्यराजकाे गीतमा छोरा संगीतको दमदार अभिनय (भिडियाे)


गायक सत्यराज आचार्यले ‘संसार जित्ने राजा…’ बोलको गीत सार्वजनिक गरेका छन्। हालै मात्र बजारमा उपलब्ध साे गीतकाे भिडियोमा उनका छोरा संगीतराज आचार्यले अभिनय गरेका छन्। बाल कलाकारको भूमिकामा संगीतराज भिडियोमा देखिएका हुन्। 

 भिडियोकाे निर्देशन सत्यराज आचार्य स्वयंले गरेका छन् । भिडियाेमा उनीहरुलाई बुवा र छोराको भूमिकामा देख्न सकिन्छ। आमाको भूमिकामा भने मलिना ठकुरी रहेकी छिन्। संगीतले अभिनय गरेकाे यो पहिलो म्युजिक भिडियो हो।

संगीत सात वर्ष पूरा भएको अवसरमा जन्मदिनको शुभकामना स्वरुप सत्यले यो गीत सार्वजनिक गरेको बताए। सत्यराजको स्वर रहेको गीतमा युग यमनको शब्द तथा संगीत छ। 

गीतले प्रेमिल जोडी र सन्तान जन्मिन लाग्दाको खुसीसँगै सन्तान प्राप्तीसँगै जीवनसाथी गुमाउनुपर्दाको पीडालाई उजागर गरेको छ। यसमा सामाजिक विषयवस्तु देख्न सकिन्छ।

 

Logo