गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक

गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक


वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ। 
गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको रहेको छ। 

भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ । अभिनेता लामालाई करिब एक दर्जन भन्दा बढी कलाकारले साथ दिएका छन्। सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतमा करण चौरसीयाको छायाङ्कन रहेको छ। भिडियो सम्पादन भने मनोज कार्कीले गरेका छन्। त्यस्तै यो भिडियोको निर्देशन भने प्रदीप हमालले गरेका हुन्।

देशप्रति असिम प्रभाव र सीमाको रक्षाका लागि सहास र बलिदानको भाव भूमिमा रचिएको नेपाल आमा साँच्चिकै उच्चकोटीको राष्ट्रिय गीत भएको बताइएको छ। देशको पछिल्लो अवस्थाका कारण यो गीतले दर्शकको माया निकै नै पाउने विश्वास गरिएको छ।

गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघि सरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन्। 

नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भए पनि अर्को हातमा कलम बोकेर सिर्जना गरिरहेका छन्।

चन्द्र सूर्य अङ्कित निशान
मेरो देशको ज्युँदो पहिचान

गीतको हरफमा भनेजस्तै साँच्चिकै देशको मायालाई उजागर गरेको छ । गीतमा देशको माया र स्नेह हिमाल, पहाड र तराई जहाँको व्यक्तिलाई पनि सम्मान हुने कुरा प्रस्तुत गरिएको छ। जुनसुकै ठाउँमा गएको भए पनि आफ्नो देशको मायालाई कसैले पनि भुल्न नसक्ने प्रष्ट्याइएको छ।

Logo