दीपिका पादुकोण फिल्म र टिभी दुनियाँमा एशियाको सबैभन्दा प्रभावशाली महिला

दीपिका पादुकोण फिल्म र टिभी दुनियाँमा एशियाको सबैभन्दा प्रभावशाली महिला


बलिउडकी उत्कृष्ट अभिनेत्री मध्येकी एक दीपिका पादुकोणले हालै आफ्नो नाममा अर्को ठूलो उपलब्धि हासिल गरेकी छिन् । हालै एशियाको सबैभन्दा प्रभावशाली महिलाहरुको एक सूची जारी गरिएको छ, जसमा दीपिका पादुकोण टिभी र फिल्म जगतमा शीर्ष स्थानमा छिन् । 

एशियाको सबैभन्दा प्रभावशाली महिलाको सूची सोसल मिडियामा भएको फलोअर्स, गुगल सर्च र अन्य र्याङकिङ्को आधारलाई ध्यानमा राखेर लिइएको थियो। 

सोसल मिडियामा अभिनेत्री दीपिकाको १.३९ मिलियन फलोअर्स रहेका छन् । जसमा सोसल मिडियामा उनको संलग्नता, ट्वीट र ट्वीटको छाप सबैभन्दा उच्च छ। यसबाहेक दीपिकालाई सोसल मिडियामा सबैभन्दा बढी मेन्सन गरिएको छ। 

यी हुन् एशियाका सबैभन्दा प्रभावशाली ५ महिलाहरु 

दीपिका पादुकोण, एरियाना ग्रान्डे, किम कार्दशियन, एडेल र सेलिन डायोनले एसियाको सबैभन्दा प्रभावशाली महिलाहरुको सूचीमा स्थान बनाएका छन् । टिभी, फिल्म, सौन्दर्य, राजनीति र विश्वका एक सय ठूला देशहरुबाट बिजनेस जगतबाट महिलाहरु यस सूचीको लागि नामांकित थिए।

Logo