कमेडी शो ‘सेलिब्रेटी ज्याम अप’ दर्शकले प्रत्यक्ष हेर्न पाउने

कमेडी शो ‘सेलिब्रेटी ज्याम अप’ दर्शकले प्रत्यक्ष हेर्न पाउने


कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको छ ।

युट्युब च्यानल एमपी इन्टरटेन्मेन्टबाट हरेक बुधबार बेलुका ७ बजे प्रसारण शोमा चर्चित व्यक्तित्वसँग भलाकुसारी गर्दै हाँस्ने, खाने, नाच्ने र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाइनेछ ।

पृथक स्वादको हाँस्ने, हँसाउने कार्यक्रम रहेको कार्यक्रमका निर्देशक राजु पुडासैनीले बताए । चलेका कलाकार, फिल्मी स्टार, साहित्यकार, खेलाडी, चर्चित व्यक्तित्व, कमेडियन, समाजसेवीको जीवनका रमाइलो पाटाहरु खोतल्दै,उनीहरुको जीवनको रमाइलो पक्षलाई हाँस्य रसमा प्रस्तुत गर्ने उद्देश्य लिएको कार्यक्रमको प्रस्तोता रित्तिका खरेल छिन् ।

संगीत संयोजनमा अनोज चित्रकार, विवेक थापा र सागर तामाङ छन्। दर्शकको प्रत्यक्ष उपस्थितिमा कार्यक्रमको प्रस्तुति रहने छ ।

कार्यक्रमको छायाँकनमा सुशील बास्कोटा, रोशन थापा, निलकमल मोक्तान रहेका छन् । दृश्य सम्पादन विष्णु काप्लेले गरेका छन् । साउण्ड र लाइटमा ओम साउड सिस्टमले हेरेको छ । न्युज कारखाना

Logo