आमा बनिन् नायिका प्रियंका कार्की

आमा बनिन् नायिका प्रियंका कार्की


नेपाली चलचित्र जगतमा निकै चर्चा बटुल्न सफल नायिका प्रियंका कार्की आमा बनेकी छिन् ।

कार्कीले आफ्नो सामाजिक सञ्जाल मार्फत तस्बिरहरू सार्वजनिक गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन् ।

कार्कीले आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छिन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन् “यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ ।” 

नायिका प्रियंकाले  वि.सं २०७६ साल फागुन १६ गते नायक आयुष्मान् देशराज जोशीसँग विवाह गरेकी थिइन् ।
 

Logo