‘कमेडी च्याम्पियन’ सिजन–२ का विजेताहरुलाई सम्मान

‘कमेडी च्याम्पियन’ सिजन–२ का विजेताहरुलाई सम्मान


भरतमणि सहयोग समिति ताप्लेजुङले ‘कमेडी च्याम्पियन’ सिजन–२ का विजेताहरुलाई सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ । 

समितिले बुधबार काठमाडौंको नाचघरमा रियालिटी शोका विजेताहरु भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापालाई सम्मान गरेको हो । 

कार्यक्रममा समितिले भरतमणिलाई प्रोत्साहनस्वरुप ९ लाख ५ हजार रुपैंया बराबरको चेक हस्तान्तरण गर्दै सम्मान गर्याे । 

गत शनिबार राति सम्पन्न भएको कमेडी च्याम्पियन सिजन–२ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका थिए । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका थिए । 

यस्तै बिक्की अग्रवाल दोश्रो बन्दै मोटरसाइकल हात पारे । तेश्रो बनेका सन्तोष थापाले स्कुटर प्राप्त गरेका थिए । 

कार्यक्रममा उपाधि विजेता भरतमणि पौडेलले सबै प्रिय भगवानरुपी दर्शकवृन्द तथा समर्थकलाई धन्यबाद दिए । उनले भने, ‘विश्व भूगोलमा बसोबास गर्नुभएका सम्पूर्ण नेपाली र नेपाली मनहरुप्रति हदयदेखि नै आभार प्रकट गर्न चाहन्छु ।’

उनले थपे, ‘अब सहि निर्देशनमा हिँड्नका लागि खबरदारी गर्ने जिम्मा पनि तपाईंहरुकै हुनेछ, किनकी कमेडी च्याम्पियन सिजन २ को उपाधि पनि तपाईंकै साथले सम्भव भएको हो ।’

भरतमणिले आगामी दिनहरुमा पनि यत्तिकै माया र साथ पाउनेमा ढुक्क रहेको बताए । 

कार्यक्रमको मुख्य अतिथिमा माननीय पूर्वमन्त्री योगेश भट्टराई रहेका थिए । 

 

Logo