३३ दिनमा सकियो चलचित्र “प्रेमगन्ज” को काठमाडौं छायाँकन

३३ दिनमा सकियो चलचित्र “प्रेमगन्ज” को काठमाडौं छायाँकन


अघिल्लो लकडाउनमा छायांकन सुरु भएको चलचित्र “प्रेमगन्ज”को काठमाडौं सेड्युल ३३ दिनमा सकिएको छ। यसभन्दा पहिले नै २७ दिन सुट भैसकेको चलचित्रको काठमाडौंमा ३३ दिन छायाँकन भएको हो।

अझै चलचित्रको सम्पूर्ण सुट सक्न भने १५ दिन लाग्नेछ। जुन दशैपछिको कार्यतालिका अनुसार काभ्रेको नाला, दोभानटार, सुनापाती र मादनमा हुनेछ।

सामान्यतया नेपाली चलचित्रको छायांकन ४० दिनको रहने गर्छ। अझ धेरैजसो चलचित्र त २५ देखि ३० दिन मात्रै सुट चल्ने गर्छ । तर चलचित्र प्रेमगन्जको भने ७५ दिन छायांकन चल्नेछ।

अन्य तीन वटा नेपाली चलचित्र खिचे झै तपाइँले यस्मा त्यस्तो के विशेष खिच्नु भयो र यत्रो समय लाग्यो? भन्ने प्रश्नमा निर्देशक परिच्छेद सेनले भने, “अन्य नेपाली चलचित्रमा पचपन्नदेखि एक सयको हाराहारीसम्मको दृश्य संख्या हुन्छ। यसमा ए/बि सहित तीन सय पचास दृश्य छन् । लगभग दस हजार सट छ। त्यसमध्ये पनि लोकेशन अतिनै सिफ्ट छ। त्यसकारण पनि धेरै दिन लागेको होला त्यो बाहेक त्यस्तो अरु कुनै विशेष कारण नभएको  बताए।

तीन सय पचास दृश्य र दशहजार सटको चलचित्र कस्तो बन्ला त्यो भने हेर्न बाँकी नै छ । चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ। 

सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्रलाई सन्जय लामाले छायांकन गरिरहेका छ्न् भने चलचित्रको कार्यकारी भूमिकामा अनन्तमान श्रेष्ठ छ्न्। “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ।

Logo