दशैं आउने वित्तिकै पिङ र नयाँ कपडाको याद आउँछः प्रियाना आचार्य ‘मुन्नी’ (भिडियोसहित)

दशैं आउने वित्तिकै पिङ र नयाँ कपडाको याद आउँछः प्रियाना आचार्य ‘मुन्नी’ (भिडियोसहित)


हास्य टेलिसिरियल सक्किगोनीकी कलाकार प्रियाना आचार्य 'मुन्नी'ले दशैं भन्ने वित्तिकै नयाँ कपडा र गाउँघरको लिङ्गे पिङको सम्झना आउने गरेको बताएकी छिन्। कलाकार आचार्यले केन्द्रविन्दु संवादमा दशैं विशेष कुराकानी गर्दै यस्तो बताएकी हुन्।

नयाँ कपडा सधैं नहुने भएकाले दशैंमा हजुरआमाले दिदी बहिनीलाई नै एकै खालको कपडा सिलाइदिनु हुन्थ्यो। हामी त्यही कपडा दशैंमा लगाउने र टीका लगाएर दक्षिणा धेरै पाए हुन्थ्यो भन्ने लाग्थ्यो। 

तर, अहिले नयाँ कपडा र पैसा भन्दा पनि दशैंमा ठूलावडाको हातबाट राम्रो आशिर्वाद लिन पाए हुन्थ्यो भन्ने लाग्ने आचार्यले बताइन्।

बाल्यकालमा दशैंमा जति धेरै आफन्त घरमा टीका लगाउन जाँदा उति धेरै पैसा पाइन्छ भन्ने सोच हुन्थ्यो। यो सबै बाल्यकालको अवस्थामा भए तर, दशैंमा कपडा, पैसा भन्दा पनि अग्रजको हातबाट टीका र आशिर्वाद लिने र परिवारसँग खुशी साट्ने पर्व हो।

उनले विगतमा दशैंका दक्षिणा लगायत रमाइलो पक्षलाई सम्झिँदै भनिन्,‘करिव ८ वर्षको हुँदा दशैंको टीकाको दिनसम्म नै विरामी भएर अस्पतालमा भर्ना भएर बसेको बेलामा यसपाली दशैंमा पैसा नहुने भयो भनेर रोएँ। तर, सबै जना अस्पतालमा नै आएर टीका लगाइदिनु भयो। त्यही समयमा सबैभन्दा बढी दक्षिणा पाएँ।’

दशैंलाई खानपनिको रूपमा पनि लिने गरिन्छ तर, आफू खाना खान विर्सने मान्छे भएकाले खानको त्यति धेरै महत्व नलाग्ने कलाकार आचार्यले बताइन्। उनै कलाकार आचार्यसँग यसपटक केन्द्रविन्दुले गरेको कुराकानी यो भिडियोः

 

Logo